२०८१ बैशाख ७ गते शुक्रवार

स्यालको आक्रमणबाट सात जना घाइते_राप्ती सञ्चार



असोज १२ शंकर भुसाल

सुनसरीको देवानगन्ज गाउँपालिकामा स्यालको आक्रमणबाट सात जना घाइते भएका छन् । देवानगन्ज-२ र ३ मा गरेर स्यालको आक्रमणबाट सात जना घाइते भएका हुन् ।

देवानगन्ज ३ का नुनुलाल मृहता चर्पी जाने क्रममा स्यालले आक्रमण गर्दा घाइते भएका छन् । यस्तै, सोही वडाका दिलीप मेहता पनि स्यालको आक्रमणबाट घाइते भएका छन् । बारीमा काम गरिरहेको बेला उनलाई स्यालले आक्रमण गरेको थियो ।घाइतेहरूलाई मङ्गलबार रेबिजविरुद्धको भ्याक्सिन लगाउन इनरुवा अस्पताल लगिएको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार