२०८१ बैशाख ४ गते मङ्गलवार

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बाँके र बर्दियाका दुई आमसभालाई सबाेधन गर्दै -राप्ती सञ्चार



काठमाडौं, असोज ६ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बाँके र बर्दियाका दुई आमसभालाई सम्बोधन गर्नेहुनु भएको छ । ओलीले आज बर्दीया र बाँकेका दुईवटा आमसभालाई सम्बोधन गर्नुहुने भएको हो । विहान ११ बजे बर्दीयाको गुलरियामा आयोजना हुने जिल्ला कार्यकर्ता भेला र १ बजे नेपालगञ्जमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अध्यक्ष ओली विहान १० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेर सडक मार्ग मार्फत गुलरिया पुग्नुहुनेछ । गुलरियामा पहिलो पटक वामदेवविहिन एमालेको आमसभा हुदैंछ । एमालेका उपाधक्ष्य रहनुभएका गौतमले केही समय अघि पार्टीबाट राजिनामा दिनुभएको छ । उहाँकी श्रीमती साँसद तुलसा गौतम माधव नेपालको पार्टीमा लाग्नुभएको छ ।

अध्यक्ष ओलीले आजै नेपालगञ्जको सिदार्थ भ्यू कारकादोमा आयोजना हुने कार्यक्रममा दिउसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका पूर्व अधयक्ष सूर्य ढकालले जानकारी दिनुभयो । पछिल्ला दिनमा अध्यक्ष ओली विभिन्न जिल्लामा आयोजना भएका कार्यक्रमहरुमा सहभागी भइरहनु भएको छ । पार्टीबाट माधव नेपालहरु बाहिरिएपछि त्यसलाई फूटको रुपमा बुझेर आम कार्यकर्तामा पर्न सक्ने मनावैज्ञानिक प्रभावलाई न्यून गर्न अध्यक्ष ओलीको जिल्ला दौडाहा बढेको हो ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार