२०८१ माघ २४ गते शुक्रवार

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको गीत छायांकनको सेटमा निधन




३ असोज २०७८ ।

काठमाडौं । हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको निधन गीत छायांकनको सेटमा भएको छ ।

६९ वर्षीय केसीको निधन आज बिहान ९ बजे गीत छायांकनको सेटमा भएको बताइएको छ । हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा मोटरसाइकल लिएर सुटिङमा पुगेका रमेशजीको निधन भएको जनाइएको छ।

छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएको उनलाई बेहोस भए लगतै गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको जनाइएको छ । अस्पताल पुर्याइए लगतै उनलाई मृत घोषित गरिएको बताइएको छ । उनको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार