
दाङ भाद्र २९।
राष्ट्रिय बाल दिवस आज (मङ्गलबार) परेको छ । बाल अधिकार रक्षाका लागि आवाज बुलन्द गर्दै मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रत्येक वर्ष भदौ २९ गते यो दिवस पर्ने गरेको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।
बालबालिकाहरूलाई ज्ञान, संस्कार, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विजारोपण गर्न जरुरी रहेको सरोकारवालाहरु बताउँछन् । यस वर्ष कोरोना महामारीका कारण बालबालिकाको उपस्थितिमा यो दिवस मनाउन सम्भव नहुने भएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार