
भाद्र २६।
नेकपा एमालेको स्थायी कमिटीको बैठक पुनः ३ बजे बस्ने भएको छ । शनिबार बिहान बसेको बैठक समापनसँगै पुनः ३ बजेका लागि बैठक आह्वान गरिएको छ ।
बिहान बैठकमा विधान अधिवेशनबारे छलफल भएको छ । तर, विधान अधिवेशनका सहभागीहरुको नाम टुंगो नलागेकोले ३ बजे पुन बैठक बोलाइएको छ ।
विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।
एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । तर, नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईको भनाइ छ ।
अब, दोस्रो बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । उक्त बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने भट्टराईले जानकारी दिए ।
प्रचार विभाग प्रमुख भट्टराईका अनुसार अहिलेको अवस्थामा एमससीसी हुबहु पारित हुँदैन । उनका अनुसार आवश्यक संशोधन भएपछि मात्र एमसीसी कार्यान्वयन गरिनेछ ।