
काठमाडौ भाद्र २०।
२२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ । गठबन्धनले आइतबार विज्ञप्ति जारी गर्दै निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसद्बाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्नेमा जोड दिइएको छ ।
एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै संगठनले सो क्रममा विरोध प्रदर्शनहरूको आयोजना गरिने बताइएको छ । विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार