२०८२ बैशाख ५ गते शनिवार

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते, एउटा विमान क्षतिग्रस्त



१५ भाद्र २०७८, मंगलवार
एजेन्सी । साउदी अरबको आभा अन्तर्राष्ट्रिय विमानस्थलको ड्रोन हमलामा आठ जना घाइते भएका छन्, भने एक यात्री विमान क्षतिग्रस्त भएको छ।

साउदी अरेबियाको आधिकारिक समाचार च्यानललाई उद्धृत गर्दै भनिएको छ पछिल्लो २४ घण्टामा देशको दक्षिणमा अवस्थित यस विमानस्थलमा दुई पटक आक्रमण भएको छ।

अल–अखबर च्यानलले छिमेकी यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनालाई उद्धृत गर्दै पहिलो हमलाको केही घण्टापछि अर्को आक्रमण भयो । यसलाई भने असफल पारियो। जसमा कुनै नोक्सानी नभएको जनाइएको छ।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। ड्रोनको सहयोगमा गरिएको हमलामा बम बाँधेर पठाइएको थियो।

यमनमा हुथी विद्रोहीहरुसंग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमण र घाइतेहरुको बारेमा थप विवरण प्रदान गरेको छैन। उनले मात्र ड्रोन हमला उनीहरुद्वारा पत्ता लगाइएको बताएको छ ।

आभा एयरपोर्टमा यी हमलाहरुको केहि दिन पहिले यमनको दक्षिणी भागको एक सैन्य आधारमा मिसाइल र ड्रोनको मददसंग एक ठूलो हमला गरिएको थियो।

यसमा साउदी अरब समर्थित यमन गुटका ३० सैनिक मारिएको थियो। यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर त्यहाँ संकेत छ कि आक्रमण ईरान समर्थित विद्रोहीहरुद्वारा गरिएको थियो।

यमनका हुथी विद्रोहीहरु सन् २०१५ देखि साउदी नेतृत्वको सैन्य गठबन्धनसंग लडिरहेका छन् । साउदी अरेबियाका अन्तर्राष्ट्रिय हवाई अड्डाहरु, सैन्य आधारहरु र महत्वपूर्ण तेल प्रतिष्ठानहरु लाई निशाना बनाएका छन्।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार