२०८१ बैशाख ८ गते शनिवार

किन हुन्छ यस्तो डिजाइन ब्लेडको बीचमा ?



दाङ।
  दाह्री काट्न र कपाल मुण्ड्याउनका लागि ब्लेड प्रयोग गरिन्छ । पत्तावाला ब्लेडको एक विशेष डिजाइन याद गर्नुभएको छ ?
ब्लेड बनाउने यति धेरै कम्पनीहरू छन् तर सबैको डिजाइन एउटै खालको किन हुन्छ? यसका पछाडि जिलेट कम्पनीको हात छ ।उसैले ब्लेड बनाउन शुरु गरेको हो ।


जिलेट कम्पनीका संस्थापक किङ क्याम्प जिलेटले सन् १९०१ मा आफ्ना सहयोगी विलियम निकर्सनसँग मिलेर ब्लेड डिजाइन गरेका थिए । त्यतिखेर अहिले चलेको डिजाइन नै थियो ।
किङले डिजाइन बनाएर पेटेन्ट गराए र सन् १९०४ देखि उत्पादन शुरु गरे।जिलेटले रेजर र ब्लेड बनाउँदा रेजरमा ब्लेडलाई बोल्टमार्फत फिट गर्नुपर्थ्यो । त्यसैले ब्लेडको बीचमा विशेष किसिमको डिजाइन बनाइयो ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार