२०८१ बैशाख ६ गते बिहिवार

वलि बिरुद्ध मुद्दा दायर राप्ती सञ्चार



दाङ भाद्र ७।
बिमला वलि पटक पटक चर्चा को पात्र बनेकी छ्न।कहिले आफुलाइ अपहरण गरेको भनी वा पछिल्लो पटक परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ ।


विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको हो ।
दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं ०७३-०७८-००३६२ रहेको छ ।


निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार