२०८१ असोज २८ गते मङ्गलवार

विरोधका बीच लुम्बिनी प्रदेश का मुख्यमन्त्रीले विश्वासको मत लिँदै



भाद्र ७।
नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।
मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।
मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि साउन ३२ गते नै प्रदेशसभा सचिवालयमा सूचना दिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार