काठमाडौँ । अफगानिस्तानको कान्दहार शहर र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबान लडाकुहरु घुसेका छन्। ताल्चा तोडेरै तालिबानीहरु दूतावास भित्र पसेको र खोज–तलासी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।त्यहाँका विभिन्न दराजहरु फोडेको र त्यहाँबाट गाडीसहित चाहिने सामग्री तालिबानले लगेको समाचारमा जनाइएको छ। अनुसन्धान एजेन्सी एनडीएसको लागि काम गर्ने अफगान नागरिकको खोजी गर्न यतिबेला तालिबालने घर–घर छापा मारिरहँदा भारतीय दुई दूतावासमा पनि ताल्चा फुटाएर पसेका हुन्।यस्तै जलालाबाद र काबुलमा रहेको वाणिज्य दूतावासमा पनि तालिबानीहरु घुसेको हुनसक्ने आशंका गरिएको छ। भारतसँगको व्यापार ठप्प पारेर तालिबानले चीनसँगको सम्बन्धलाई बढावा दिइरहँदा तालिबानीहरु भारतीय दूतावास घुसेका हुन्। भारतीय दूतावास बन्द हुँदा यतिबेला अफगानिस्तानमा चिनियाँ दूतावास भने खुला छ।
प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार