२०८१ माघ ५ गते आइतवार

सांसद बिमलाको तस्बिर इडिट गरिएको दाबि



भाद्र २ ।लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको भनिएको एक तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जाल ता तेको छ । तस्वीर भने वाइसिएल कार्यकर्ता बस्नेतकै फेसवुकबाट सार्वजनिक भएको हो ।

धेरैले यो तस्वीर इडिट गरिएको बताइ रहेका छन् । उक्त तस्बिरमा सांसद विमलाले बस्नेतको गालामा चु म्मन गरेको देखिन्छ । तस्बिर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ । तस्बिरमा विमलाको सिउँदोमा सिन्दुरले रं गिएको देखिन्छ । यो तस्वीरको बास्तविकताबारे सांसद वलीले दिएको प्रतिक्रिया समाचारमा आएको छैन ।

सामाजिक सञ्जाल फेसबुकमा इन्दिरा वली लेख्छिन्, यो तीन तस्बिरमा हेर्नुस नाकको फुलि । शुरुको तस्बिर एकराज बस्नेतको श्रीमतीको हो जस्को नाकको फुलि दाइने पट्टी छ जुन इडिट गरिएको तस्बिर सङ मिल्छ भने बिमला वोलिको अर्को देब्रे तिर छ ।
विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि बिधवा बनेकी विमलालाई उत्तरको निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उमेदवार बनाएको थियोे । काँग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा पर्ने देखेर सत्ता छोडेका थिए । इन्दिरा वलीको फेसबुक पोष्टमा समेत धेरैले यो तस्वीर इडिट गरेर बदनाम गराउन सार्वजनिक गरिएको बताइरहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार