२०८२ बैशाख ५ गते शनिवार

बिमला वलि को प्रेमलिला संगै साटिएको पार्टी



गणेश आचार्य

दाङ भदौ ०१” । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘आफ्नो’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पाटिमा खैलाबैला मच्चिएको छ । बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।
तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई बल पुर्‍याएको छ ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो ।
वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाउँछन् । उनले भने, ‘यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो, मलाई नै थाहा छैन । यसबारेमा भेटेर कुरा गरौंला। उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले फेशबुकबाट हटाइएको छ। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,स्रोत,,,,नेपाल प्रेस

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार