२०८१ असोज २८ गते मङ्गलवार

अध्यादेशको चर्चापछि ओलीनिकट एमाले शीर्ष नेताहरू बालकोटमा भेला



सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दलका नेताहरू रणनीतिक छलफलमा जुटेका छन् ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेको भन्दै एमाले अध्यक्ष केपी ओलीपक्षीय पदाधिकारी र स्थायी कमिटीका नेताहरू ओलीनिवास बालकोटमा छलफलमा जुटेका हुन् । ओलीनिकट केही केन्द्रीय सदस्य पनि बालकोट पुगेका छन् ।

माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन हुने निष्कर्षका साथ ओलीनिकट नेताहरू छलफलमा जुटेका हुन् । आगामी रणनीति तय गर्ने गरी छलफलमा जुटेको एक नेताले बताए ।

विघटित कार्यदलले एकताका लागि १०बुँदे सहमति गरे पनि विवाद मिल्न सकेको छैन । नेताहरू आरोप–प्रत्यारोपमा रहिरहेका वेला विघटित कार्यदलका सदस्यहरू भने निरन्तर छलफलमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार