
डिल्लीराज भुसाल
तुल्सिपुर श्रावण २९
भनिन्छ ” बत्ती को मुनि अध्यारो ” हो त्यस्तै उखान को चरितार्थ भएको छ ।तुल्सिपुर वार्ड न ७ स्थित घुसरी गाउँ । तुल्सिपुर उपमहानगरपालिका लाई स्मार्ट सिटि भनी घोषण समेत भएको अबस्था र तुल्सिपुर लाई महानगरपालिका मा रुपान्तरण गर्ने भनिरहेको बेला तुल्सिपुर वार्ड न ७ अहिले तुल्सिपुर को कर्णाली भएको छ। कर्णाली को पर्याय भनेको अभाब, गरिबी र बिकास हो दृस्टी ले बिकट हो भन्नी बुझिन्छ।त्यो बिकट को झल्को र दुर्गमता को महसुस तुल्सिपुर को एक बस्ती भएको छ।
तुल्सिपुर उपमहानगरपालिका र तुल्सिपुर बजार बाट करिब ६ कि मि पुर्बी उत्तर दिशामा पर्ने यो गाउँ मा बिकास को लागी कुनै तहाका सरकारको ध्यान जान सकेको छैन कि भन्ने आभास अहिले भयको छ।
यहि श्रावण २४ गते राती आएको भीषण पानी र रानिघाट खोला मा आए को बाढी को कारण पर्सेनी बेत्रावोती घुसरी हुँदै गणेशपुर पार्क जोड्ने बाटो पुर्ण रूपमा क्षेती भएको छ।
बर्षौ देखि उपयोग गर्दै आइरहेको बाटो पुर्ण रुप मा क्षेती हुँदा पनि कुनै निकाय ले चासो नदेखाएको घुसरी का जनता लाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको स्थानीयहरु बताउँछन् ।
सो बाटो को लागि पहल गर्न र बाटो संरक्षण गर्न वार्ड मा पट्क पट्क आग्रह गर्दा पनि वार्ड ले कुनै सुनुवाइ नगरेको स्थानीयहरु बताउछ्न। बाटो जस्तो अत्यावश्यक पुर्बाधारमा सरकार ले चासो नदिदा आफुहरु अनागरिक जस्तो महसुस भयको उनीहरु बताउछ्न।
स्वास्थ समस्या,सुत्केरी समस्या परेको बेला अस्पताल जान को लागी पनि बाटो नभएको ले अकालमै मर्नु पर्ने त होइन भन्न्ने मा स्थानीय चिन्तित रहेका छ्न। स्थानीय तह को निर्बाचन मा भोट माग्न आएदेखि अहिले सम्म मेयर उक्त स्थान मा नफर्केकोमा स्थानीय आक्रोशित बनेका छ्न।
यसैबिच वार्ड न ७ का वार्ड सदस्य रामबहादुर जि सि ले उक्त बाटो तत्काल सन्चालन गर्न का लागि तारजालि को ब्यबस्थापन गर्ने र आगामी दिन मा तटबन्ध को लागि पहल गर्ने बताउनु भएको छ।