२०८० चैत्र १५ गते बिहिवार

पद्यमकन्या क्याम्पसमा परीक्षार्थीको प्रदर्शन



२६ साउन, काठमाडौं
काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूले ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन् ।

बिबिए, बिआइएमलगायत स्नातक तहको छैटौं सेमेस्टरको परीक्षा चलिरहेका बेला विद्यार्थीहरुले कोरोनाविरुद्ध खोप नपाएको भन्दै नारावाजीसहित प्रदर्शन गरेका हुन् ।

भित्र परीक्षा भइरहेपनि बाहिर विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । भौतिक उपस्थितिले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै त्यसलाई रोक्न विद्यार्थीले माग गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार