२०८० जेष्ठ १९ गते शुक्रवार

बालबालिकाका लागि कोभिडविरुद्ध खोप किन्न १९ अर्ब बजेट स्वीकृत



काठमाडौँ – अर्थ मन्त्रालयले बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोप खरिद गर्न १९ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । मन्त्री जनार्दन शर्माले संसद्‌मार्फत यस्तो जानकारी दिएका हुन् ।
उनले संसद्‌मा भने, ‘बालबालिकाका लागि खोप खरिद गर्न १९ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेका छौँ ।’ विश्व बैंक र एशियाली विकास बैंकको सहयोगमा प्राप्त भएको ऋण सहायतालाई खोप खरिदमा उपयोग गर्ने उनले जानकारी दिए ।
उनले भने, ‘अन्य स्वास्थ्य पूर्वाधारका क्षेत्रमा पनि आवश्यकता अनुसार पूर्ति गर्ने विषयमा सिसिएमसीमा व्यापक छलफल भएर त्यसअनुसार निर्णय गर्ने उल्लेख छ ।’


प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार