
बुटवल, साउन २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई अप्ठेरोमा पार्न सांसद पदबाट राजीनामा दिएका अमर डाँगी आजभोलि गुमनाम हुनुभएके छ । उहाँको माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र कुलप्रसाद केसीप्रति तीव्र आक्रोश छ । डेढ करोड पैसा दिने बाँचा गर्दै सांसद पदबाट राजीनामा दिन लगाएका उनीहरूले आजकाल फोनै उठाउदैनन् । यदपी, राजीनामा दिनुअघि गत बैशाख १८ गते ३० लाख भने पाइसकेको एक स्रोतले बताएको छ।
पूर्व सांसद डाँगीले माओवादी नेताहरुको सल्लाहअनुसार गत बैशाख २२ गते सांसदबाट एकाएक राजीनामा दिनुभएको थियो । सुरुदेखि नै मन्त्रीको चरम आकांक्षी उहाँ मन्त्री नपाएपछि मुख्यमन्त्रीसँग सन्तुष्ट हुनुभएको थिएन । उहाँले बारम्बार आफूलाई मन्त्री बनाउन आग्रह विविध कारण ढिलाई भएको थियो ।
अवसरका लागि राजावादी समेत हुनुभएका उहाँलाई टिकट दिनु नै कमजोरी भएको एमाले नेताहरू बताउँछन् । डेढ करोडको लोभमा सांसद पद त्याग्नु भएका डाँगी माओवादी नेताहरू भेट्नै नमान्दा तनाबमा हुनुहुन्छ । उहाँ गठबन्धको सरकार बने ६ महिना मन्त्री बन्ने आशामा बस्नुभएको थियो । तर, न उहाँले डेढ करोड पाउनु भयो , न त मन्त्री नै । उता एमालेमै फर्किएकी लुम्बिनीकै सांसद बिमलाकुमारी वली फेरि माओवादी केन्द्रमै पक्षमा लाग्नुभएको छ । पूर्वसभामुख ओनसरी र सांसद सुदर्शन बरालमार्फत् ५६ लाख लिएपछि उहाँ उतै पुग्नुभएको हो ।