२०८१ असार १२ गते मङ्गलवार

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी को बिरोध सभा सम्पन्न ।



नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी ) माअाेबादि जिल्ला समिति दाङ देउखुरी को अायोजनामा एमसिसि तथा भारतीय ज्यादतीका बिरुद्धमा दाङको तुलसीपुर बसपार्कमा बिरोध सभा सम्पन्न गरेको छ । सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोबादी) केन्द्रीय सदस्य तथा दाङ देउखुरी इञ्चार्ज कमरेड समिरले देशका शासकहरु अन्धा भएकोले सत्यतथ्य नबुझेर खाली साम्राज्यवादी को चाकरी गर्ने उदेश्यले एमसिसि सम्झौता सँसदबाट पास गर्न खोजेर देशलाई ठुलो द्वन्द्वमा घकेल्न खोजेको अारोप लगाउदै एमसिसि पास भएमा देशमा अशान्ति फैलने ठुलो रक्तपात हुने भएकोले यसलाई रोक्न स्वाभिमानी नेपाली सङ्घर्षमा दरिलो सङ्ग उभिनुपर्ने र व्यापक दवाब सृजना गर्नुपर्ने कुराराख्दै भारतिय एसएसबिले टुइनको डोरी फुत्काइदिएर बेपत्ता पारिएका नेपाली नागरिक जय सिह धामी को तत्काल खोजतलास गर्दै उक्त कार्यको घोर भत्सना गर्दै तत्काल सरकारले भारत समक्ष बिरोध पत्र पठाउनुपर्ने र दलाल र भ्रष्टहरुले तत्काल एमसिसि खारेजी गर्नुपर्ने कुरा राख्नुभएको थियो ।
सोही कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिवालय सदस्य कमरेड हीरामणी दु:खीले एमसिसि सम्झौता ससदबाट पारित गर्ने होइन यसलाई खारेजी गरि स्वाभिमानी नेपाली का पक्षमा उभिन साँसदहरुलाई अाग्रहगर्दै देश बचाउन सबै एक ढिक्का भएर उभिनुपर्ने अाबस्यकता रहेको बताउनु भयो ।
एमसिसि राष्ट्रिय हित बिपरित भएकोले यसका अदृश्य बुदाहरुले भ्रम सृजना गरेको बताउदै इण्डोप्यासिपिक सैन्यरणनिति कै अङ्ग एमसिसि भएकोले स्वाभिमानी नेपालीले यसका बिरुद्ध मा सशक्त अावाज उठाउनुपर्ने , कुरा अौल्याउदै भारतीय दादागिरी का नेपालीले पटकपटक हेपिनु परेको सिमा अतिक्रमण गरेको राजनीतिक हस्तक्षेप गरेको कारणले हामी नेपाली एक जुट भएर खबरदारी गर्नुपर्ने र हालै भारतीय एसएसवि बाट तुईन पार गर्नेलागेका प्रेमसिङ धामी को टुइन कोडोरी फुत्काइदिएर बेपत्ता बनाएको मा घोर भत्सर्ना गर्दै तत्काल सरकारले घटनाको छानबिन गरि दोषीलाई कार्बाही गर्न र पिडितपक्षलाई उचित क्षतिपूर्ति दिलाउन पहल गर्दै कुटनैतिक तरिकाबाट बिरोधपत्र पठाउनुपर्ने माग गर्नुहुदै भ्रष्ट दलालले चाकरी गर्छन बिरोध गर्ने हिम्मत उनिहरुसपत नभएको कुरा राख्नु भयो ।
कार्यक्रममा अर्का वक्ता अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन ( क्रान्तिकारी ) दाङ देउखुरीका अध्यक्ष मनोज थापाले एमसिसि सम्झौता ले राष्ट्र राष्ट्रियता खतरामा पर्ने कुरा राख्दै यसलाई तत्काल खारेजीको माग गर्नुहन अनुरोध गर्दै हाम्रो अनुरोधलाई कमजोरी ठानिन्छ भने त्यसको जवाफ दरिलो सङ्ग दिने कुराराख्देै भारतीय दादागिरी का कारण निर्दोष नेपाली नागरिकको हत्या भएकोमा घोर भत्सर्ना गर्दै तत्काल पिडितपक्षलाई उचित क्षतिपूर्ति को ब्यबस्था गर्न र भारतीय दादागिरी को भत्सर्ना गर्दै बिरोध जनाउनु भएको थियो ।
    कार्यक्रम सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार