२०८० चैत्र १६ गते शुक्रवार

ओलीले कार्यकर्ता भर्ती गरेकाले सुकुम्बासी आयोग खारेज गरेका हौं, रुनु कराउनु बेकार छ.. गगन थापा



नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफु स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । अहिले अप्ठेरो बेलामा बनेको सरकारले जनचाहना अनुसार काम गर्नुपर्ने भएकाले आफुले प्रधानमन्त्रीलाई स्वास्थ्यमन्त्री बनाउन कुनै दवाव भने नदिएको बताएका छन् ।

चितवनमा पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् ।
उनले मुलुक कोभिडको समस्यामा परेको भएपनि सरकारले स्वास्थ्यमन्त्री नियुक्त गर्न नसकेकोमा भने दुख ब्यक्त गरे । १२, १५ महिनाको अवधिमा धेरै काम गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्ने उनको भनाई छ ।
उनलाई स्वास्थ्यमन्त्री बन्ने चाहना छ की छैन ? भनेर सोधिएको प्रश्नमा नेता थापाले भने, संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ ।

उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको गगनको तर्क छ ।
‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’, उनले भने, ‘सुकुम्बासी समस्या हाम्रो पनि हो, जति छिटो यो समस्या हल गर्नुपर्छ।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार