२०८० जेष्ठ २७ गते शनिवार

तुल्सिपुर मा कृयाशिल ४ बिद्यार्थी संगठन बाट बिधालय अनुगमन




तुल्सिपुर १८ श्रावण –
तुल्सिपुर मा कृयाशिल ४ बिद्यार्थी संगठन द्वारा तुल्सिपुर का निजि तथा सस्थागत विद्यालय को अनुगमन गरेका छ्न।केही दिन अघि भएको बिद्यार्थी संगठनहरु र तुल्सिपुर उपमहानगरपालिका को शिक्षा समिति बिच भएको सहमती अनुसार शिक्षा समिती ले विद्यालय अनुगमन गर्न चासो र आलटाल गरेको हुदा आज चार विध्यार्थी संगठन ले विद्यालय को अनुगमन गरेका हुन ।

उक्त संयुक्त बिद्यार्थी संगठन को अनुगमन टोलि ले लिटिल हेवन कलेज,ग्रेट अरनिको कलेज ,गोर्खा कलेज र ज्ञानदिप कलेज को अनुगमन गरेका हुन।अनुगमन का क्रम मा विद्यालय बाट प्रदान गरिने छात्रवृत्ति ,शुल्क वृद्धि तथा विविध विषय को बारेमा सम्बन्धित विद्यालय संग छलफल गरेका थिय। उक्त अनुगमन टोलि मा ने बि संघ दाङ जिल्ला कोषाअध्यक्ष अरुण लहरे,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य दुर्गा बि क,अनेरास्ववियु जिल्ला सम्योजक रबिन्द्र डाङी ,समाजबादी बिध्यर्थी जिल्ला अध्यक्ष दिपक पोख्रेल र अखिल क्रान्तिकारी तुल्सिपुर नगर अध्यक्ष अमर बि क रहेको दिपक पोख्रेल ले जानकारी दिनु भएको छ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार