
श्रावण १७”कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा बेपत्ता भएका छन्।
आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउनेक्रममा आइतबार विहान साढे ११ बजेतिर डुंगा दुर्घटना भएर छ जना कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरी ले जनाए को छ।
प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार