२०८१ माघ २४ गते शुक्रवार

सल्यानमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु



सल्यानमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । लान्तीबाट लेखपोखरा तर्फ जादै गरेको प्रदेश नम्बर ३, ०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ।जिल्लाको छत्रेश्वरी गाउपालिका ६ शारदा पुल नजिकैँ आज अपह्वान्न ४ बजे तीर मोटरसाइकल दुर्घटना हुदा छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा, चौरपानीका अन्दाजी २२-२३ बर्ष का शालिक बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मोटरसाइकल चालक समेत रहेका उनि दुर्घटनामा परि गम्भिर गाइते भएकालेे उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउदा अस्पतालले मृत घोषणा गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार