२०८० चैत्र १६ गते शुक्रवार

एमाले स्थायी कमिटी बैठक स्थगित



काठमाडौ श्रावण १६-आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार