२०८० चैत्र १५ गते बिहिवार

खत्री द्वारा १ लाख १ हजार १ सय ११ रुपैयाँको को अक्षय कोष स्थापन



२०७८ श्रावण १४ गते

तुलसीपुर उद्योग बाणिज्य संघ दाङका पुर्ब अध्यक्ष दिपेन्द्र कुमार खत्रीले सल्यान उद्योग बाणिज्य संघमा अक्षयकोष स्थापना गर्नु भएको छ।

आफ्ना स्वर्गिय मातापिता कालुराम र लिलावती खत्रीको सम्झनामा खत्रीले १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गर्नु भएको हो।

सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीलाई खत्रीले उक्त अक्षयकोषको रकम हस्तान्तरण गर्नु भएको हो।

उहाले स्थापना गरेको अक्षय कोषबाट प्राप्तहुने ब्याज रकमबाट प्रत्येक बर्ष गरिव तथा जेहेन्दार बिद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गरिने छ।

खत्रीले आफू अध्ययन गरेको दुर्गा सरस्वती माबी बाफुखोला र तुलसीपुर उद्योग बानिज्य संघमा समेत १ लाख १५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिसक्नु भएको छ।
उहाँ सल्यानको बाफुखोला निवासी हुनुहुन्छ भने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएको छ। खत्री दाङ मा पनि समाजिक सेवा मा सक्रिय रहनु हुन्छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार