२०८१ बैशाख ३१ गते सोमवार

म्यानचेस्टर युनाइटेड पराजित




दाङ १० श्रावण -प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो डिभिजन क्लब क्युपिएआरसँग स्तब्ध बनेको छ । शनिबार राति लन्डनस्थित क्युपिआरको मैदानमा भएको खेलमा घरेलु टिमसँग युनाइटेड ४–२ गोलले स्तब्ध बनेको हो ।
युनाइटेड सुरुआती अग्रता जोगाउन नसक्दा क्युपिआरसँग पराजित भएको हो । खेलको तेस्रो मिनेटमा नै जेसे लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
सातौँ मिनेटमा चार्ली अस्टिनले गोल गर्दै क्युपिआरलाई खेलमा फर्काए । ५३औँ मिनेटमा लिन्डन डाइक्सले गोल गरेपछि क्युपिआरले अग्रता बनायो ।
५८औँ मिनेटमा मोसेस अडुबाजोले गोल गरेपछि क्युपिआरले ३–१ गोलको अग्रता बनायो भने ५९औँ मिनेटमा डाइक्सले दोस्रो गोल गर्दै घरेलु टिमलाई ४–१ गोलको अग्रता दिलाए ।
७३औँ मिनेटमा एन्थोनी इलाङ्गाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । तर बाँकी समय गोल नहुँदा युनाइटेड ४–२ गोलले स्तब्ध बन्यो ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार