२०७९ माघ १७ गते मङ्गलवार

जंगली भालुको आक्रमणबाट चितवन मा एक जनाको मृत्यु



चितवन श्रावण  ७ -चितवन मा जंगली भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नम्वर १ पाण्डवनगर निवासी अन्दाजी ४६ वर्षीय राजकुमार बोटको भालुको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बुधबार बिहान बास को तामा खोज्न भनी गएका उनलाई जगली भालुले आक्रमण गरेको हो ।
लामो समयसम्म घर नफर्किएपछि परिवारले खोज्न जाँदा देउता खोलाको किनारमा शव फेला परेको हो ।
मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेको छ ।
शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडी ले जनाएको छ।

जंगली भालुको आक्रमणबाट चितवन मा एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार