२०८१ असार २९ गते शनिवार

प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरू छलफल गरेका छन्।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ।सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिएका थिए। यसअघि विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेका थिए।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार