२०८१ कार्तिक २४ गते आइतवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै पाँच विद्यार्थी संगठनले सिठ्ठि जुलुस



असार २४-घोराहीमा संयुक्त विद्यार्थी संगठनले सरकारको विरोध गर्दे सिठ्ठि जुलुस निकालि बिरोध जनाएका छन् । देशमा भ्रष्टाचारको अन्त्य गर्न, महँगी घटाउन, पुनर्स्थापित संसद पुनः विघठन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै पाँच विद्यार्थी संगठनले सिठ्ठि जुलुस निकालि बिरोध जनाएका हुन् । आज घोराहीको सहिद चोकबाट सिठ्ठि जुलुस निकालि तुलसीपुर चोकमा पुगेर बिरोध र्‍याली कोण सभामा परिणति भएको थियो

नेपाल विद्यार्थी सङ्घका नेता रुद्रमणि रेग्मी , अखिल (क्रान्तिकारी), केन्द्रिय सदस्य सन्तोष पोख्रेल , अनेरास्ववियु माधव पकक्षका जिल्ला सयोजक रबिन्द डागि , समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष दिपक पोख्रेल र अखिल (छैटौँ)का जिल्ला सचीव लक्ष्मन बिं क सहितको संगठनले बिरोध र्‍याली निकालेका हुन । कार्यक्रमको सहजीकरण डिभाईड शर्माले गरेका थिए ।।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार