२०८१ बैशाख ४ गते मङ्गलवार

उत्कृष्ट काम गर्ने स्थानीय तहहरूमध्ये सल्यान बागचाैर नगरपालिका र दार्मा गाउपालिका अग्रस्थानमा



टंक मल्ल,२४ असार प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत देशभरका ७ सय ५३ स्थानिय तहमध्ये नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र बाट मेयर र अध्यक्षमा निर्वाचित भएका स्थानिय तहहरु नेपालकै प्रथम र दाेस्राे बन्न सफल भएका छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छाेरी रेणु दाहाल मेयर भएकाे भरतपुर नगरपालीका तिब्र विकास निकास हुने स्थानिय तहहरु मध्य देशकै पहिलाे नगरपालीका बन्न सफल भएकाे छ । देशभरका सबै स्थानिय तहररु मध्ये माओवादी केन्द्रले जितेका अधिकांश स्थानिय तहहरु सबै भन्दा उत्कृष्ट बन्न सफल भएका छन । भाैगालिक रुपमा नेपालका सात प्रदेश मध्य सबैभन्दा विगट प्रदेश कर्णाली हाे । कर्णाली प्रदेशमा माओवादी केन्द्रका महेन्द्र वहादुर शाही मुख्यमन्त्री रहेका छन । शाही मुख्यमन्त्री नियुक्त भएपछि पछिल्लाे समयमा कर्णाली प्रदेशले विकास निकास लगायत हरेक क्षेत्रमा क्रान्तिकारी फड्काे मारिरहेकाे छ । प्रधानमन्त्री राेजगार कार्यक्रममा पनि कर्णाली प्रदेश अन्तर्गतका स्थानिय तहहरु नेपालकै उत्कृष्ट भएका छन । कर्णाली प्रदेशका स्थानिय तहहरु नेपालकै दश उत्कृष्ट मध्य क्रमशः प्रथम, दाेस्राे, तेस्राे, पाँचाै, नवाैँ र दश नम्वर भित्र पर्न सफल भएका हुन । यी हुन माओवादी केन्द्र बाट विजयी भइ चमत्कारिक काम गरेर प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत देशकै पहिलाे र दाेस्राे बन्न सफल भएका स्थानिय तहहरु । १) वागचाैर नगरपालिका सल्यान, कर्णाली प्रदेश प्रधानमन्त्री राेजगार कार्यक्रममा सबैभन्दा उत्कृृष्ट काम गरेर कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्लाकाे वागचाैर नगरपालीका नेपालका कुल ७ सय ५३ स्थानिय तहहरु मध्ये सबैभन्दा बढी रकम पाउने स्थानिय तह मध्ये पहिलाे बन्न सफल भएकाे छ । संघीय सरकारले आर्थिक बर्ष २०७८ र ०७९ का लागी कामका लागी पारिश्रमिकमा आधारित आयोजना संचालन गर्न बजेट बिनियोजन गरे अनुसार नेपालका ७ सय ५३ स्थानिय तहहरु मध्ये सबै भन्दा बढी रकम सल्यानको बागचौर नगरपालिकाले प्राप्त गरेको हो । चालू आर्थिक बर्षमा पनि नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकाले आगामी आर्थिक २०७८ र ०७९ का लागी ७ करोड २५ लाख ६५ हजार रकम ससर्त अनुदानमा पाएको हो । वित्तिय हस्तान्तरण रकम अन्तर्गत नेपाल सरकार बाट ३ कराेड २७ लाख ७४ हजार रुपैयाँ र आइ.डि.ए. बाट ३८ लाख रपैयाँ, त्यसैगरि कार्यप्रगतिका आधारमा स्थानिय तहलाइ नेपाल सरकार बाट निकासा हुने रकम मध्य ३ कराेड ५९ लाख ९१ हजार रुपैयाँ गरि जम्मा ७ कराेड २५ लाख ६५ हजार रपैयाँ वागचाैर नगरपालीकाले ससर्त अनुदानमा प्राप्त गरेकाे हाे । तोकियको समय सिमा भित्र कार्यप्रगतिको तथ्यांक परिबिष्ट गरेको आधारमा नेपाल सरकारले नयाँ आर्थिक बर्षका लागी बजेट बिनियोजन गर्द्वै आएको र बागचौर नगरपालिकाको कार्यप्रगती नेपालकै उत्कृष्ट भएकाले बागचौर नगरपालिका उत्कृष्ट नगरपालिका बन्न सफल भएको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् । बुढाथोकीले चालू आर्थीक बर्षमा पनि बागचौर नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका बनेको बताएका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले सृजनशिल बिकासको अवधारणा ल्याउनुका साथै गरिवि न्यूनीकरणका लागि टेवा पुर्‍याएको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई पटक नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकामा सुचिकृत बेरोजगार संख्या ६ हजार ५ सय ६९ जना रहेको र जस मध्य नेपाल सरकारकाे रकम बाट १ हजार १ सय ९२ जना र आइ.डि.ए. काे रकम बाट ६६ जना गरि जम्मा १ हजार २ सय ५८ जना चालू आर्थिक बर्षको रोजगार कार्यक्रममा जोडिएको बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताएका छ्न । हाल वागचाैर नगरपालिकाले काेराेना उपचारकाे लागि अस्पताल निर्माण गरेकाे छ र काेराेना विरामीकाे उपचार तथा काेराेना राेकथाममा उल्लेखनिय याेगदान गरेकाे छ । लाेकमान वुढाथाेकी नेकपा माओवादी केन्द्र बाट वागचाैर नगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन । २) दार्मा गाउँपालिका सल्यान, कर्णाली प्रदेश त्यसैगरि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सल्यानको दार्मा गाउँपालिकाले नेपालकै तेस्राे स्थानीय तहको रुपमा अनुदान रकम प्राप्त गरेको छ । सबै स्थानिय तह मध्य तेस्राेमा परे पनि देशभरका गाउँपालिका मध्य भने दार्मा गाउँपालिकाले नेपालकै दाेस्राे गाउपालिकाकाे रुपमा अनुदान प्राप्त गरेकाे हाे । दार्मा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ६ करोड ८६ लाख २६ हजार ससर्त अनुदान रकम प्राप्त गरेको छ । वित्तिय हस्तान्तरण रकम अन्तर्गत नेपाल सरकार बाट ३ कराेड १० लाख ७४ हजार रुपैयाँ र आइ.डि.ए. बाट ३८ लाख रपैयाँ, त्यसैगरि कार्यप्रगतिका आधारमा स्थानिय तहलाइ नेपाल सरकार बाट निकासा हुने रकम मध्य ३ कराेड ३७ लाख ५२ हजार रुपैयाँ गरि जम्मा ६ कराेड ८६ लाख २६ हजार रपैयाँ दार्मा गाउँपालिकाले ससर्त अनुदानमा प्राप्त गरेकाे दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताएका छन् । केसीले प्रधानमन्त्री रोजगार कार्यक्रम लाई आफुहरुले गाउँपालिकाको दृर्घकालिन बिकास र बेरोजगारी लाई रोजगार दिने बिकासको जग भएको बताएका हुन । दार्मा गाउँपालिकामा सुचिकृत बेरोजगारको संख्या ६ हजार १ सय ९९ जना रहेको र जसमध्य नेपाल सरकारकाे रकम बाट १ हजार १ सय २४ र आइ.डि.ए. काे रकम बाट ६६ जना गरि चालू आर्थिक बर्षमा १ हजार १ सय ९० जना उक्त कार्यक्रम मा सहभागी भएको दार्मा गाउँपालिकाका रोजगार संयोजक राजकुमार वलीले बताएका छ्न। हाल गाउपालिकाले काेराेना अस्पताल सञ्चालन गरेर काेराेका संक्रमितकाे उपचार गरिरहेकाे छ भने काेराेना राेकथामकाे लागि पनि उल्लेखनिय याेगदान गरिरहेकाे छ । नीम वहादुर केसी (अरुण) माओवादी केन्द्र बाट गाउँपलिकाकाे अध्यक्षमा निर्वाचित भएका हुन । दार्मा गाउँपालिका नेपालकै उत्कृष्ट स्थानिय तहकाे रुपमा पनि चिनिन्छ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार