२०८१ माघ २४ गते शुक्रवार

युट्युव पत्रकार संघ दाङको अध्यक्षमा जि.एम



दाङ २४ असार | नेपाल युट्युव पत्रकार संघको पहिलो नयाँ शाखा दाङमा स्थापना भएको छ । दाङमा सकृय युट्युवर पत्रकारहरुको भेलाले क्लासिक मिडियाका संचालक सुजल जिएमको अध्यक्षतामा १३ सदसीय यूट्युव पत्रकार संघ जिल्ला शखा दाङ गठन गरेको हो ।

संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाको उपस्थिति र अध्यक्ष प्रकाशचन्द्र दाहालको भर्चुअल उपस्थितिमा भएको भेलामा युट्युव पत्रकारिताका चुनौती र समाधानमा संघले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल समेत भएको थियो ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले युट्युव पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउने काम हाम्रै भएको बताउँदै नयाँ प्लेटफर्मको दुरुपयोग हुन नदिन सबैमा अपील गरे ।स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।संघको उपाध्यक्षमा कैलाश घर्तिमगर, सचिवमा सुदन थापा, सह सचिवमा हेमराज परिवर्तन, कोषाध्यक्षमा किसन ओली चयन भएका छन् ।

सदस्यहरुमा रामप्रसाद भुषाल, हिमाल महरा, राज रावत , हरि मगर, लालसुर बिष्ट,निता पुन, भेगबहादर थापा र बाबसराम डाँगी सर्वसम्म सहमति चयन भयको थियो । त्यसैगरी यूट्युव पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा पत्रकार बिष्णुकुमार देवकोटा चयन भएका केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र दाहालले जानकारी दिए ।

दाङ जिल्ला भेलाको सिफारिसमा देवकोटालाई प्रदेश संयोजकमा चयन गरीएको यूट्युव पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाले बताए ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार