२०८३ असार १८ गते शुक्रवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिला पक्राउ



प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिलालाई पक्राउ गरेको छ ।

गएराति फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएकी श्रीलङ्काली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । ती महिलाले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी थिइन् ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार