२०८३ असार १८ गते शुक्रवार

शान्तिदीप इग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीबाट सहयोग



तुलसीपुर, १२ पुस
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.८ दुधेनी स्थित शान्तिदीप इग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले घाईतेको उपचारकालागि सहयोग गरेका छन् ।सोही विद्यालयका अभिभावक तुलसीपुर -८ अश्वारा निवासी ३२ बर्षीय हरि वहादुर खड्काको उपचारकालागि विद्यार्थीहरुले खाजा खर्चबाट बचाएर राखेको तीन हजार तीन सय ९०, शिक्षक कर्मचारीबाट २६ हजार तीन सय पाँच र विद्यालयको तर्फबाट १० हजार एक सय पाँच गरि ३९ हजार ८ सय रुपैँया सहयोग गरिएको हो खड्का केही दिन अघि भएको मोटरसाईकल दुर्घटनामा परि घाइते थिए । घरको आर्थिक अबस्था कमजोर हुँदा उपचारमा समस्या भएकाले सहयोग गरिएको विद्यालयका सञ्चालक नेत्रलाल भट्टराईले बताए ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार