२०८३ बैशाख १८ गते शनिवार

स्काईभेटर आगलागिमा संलग्न फरार अभियूक्तहरु पक्राउ



मसिर १३

सोलुखुम्बुको थुलुङ दुधकोशी गा.पा. वडा नं ०९ स्थित लोखिम र जुबुमा स्काईभेटरमा पेट्रोल छर्कि आगो लगाई जलाई पुर्ण रुपमा क्षति बनाई फरार रहेका अभियूक्तहरुलाई तालुक कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर (PIT) बाट खटिएको विशेष अनुसन्धान टोलि र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले अभियूक्तहरुलाई पक्राउ गरी सम्मानित सोलुखुम्बु जिल्ला अदालत सल्लेरी सोलुखुम्बुबाट आपराधिक प्रवेश तथा आपराधिक उपद्रव (आगो लगाई ) मुद्धामा दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

 पक्राउ परेका अभियूक्तहरु:-

क) जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा.वडा नं. ९ लोखिम बस्ने वर्ष २२ को एकराज राईलाई मिति मिति २०८०।०८।११ गते बिहान ०३:०० बजे,जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा.वडा नं. ९ लोखिमबाट पक्राउ ।

ख) जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा.वडा नं. ९ लोखिम बस्ने वर्ष १९ को संदिप राईलाई मिति २०८०।०८।११ गते रातको अं. २३:०० बजे, ऐ.ऐ. सोलुदुधकुण्ड न.पा. वडा नं.५ बाट पक्राउ ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार