२०८३ असार १९ गते शनिवार

छिपहरमाई गाउँपालिका नयाँ प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चौधरी हाजिर



राजन कुमार बानिया | पर्सा १३ भदौ | पर्साको छिपहरमाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् ।

आज एक कार्यक्रम का बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन। गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता सहित उपाध्यक्ष लिलावती देबी साह नेपाली काँग्रेसका नेता किसोरी साह, वडाध्यक्ष कामेश्वर यादव,महेन्द्र साह कलवार,दिपेन्द्र सिंह,रामेश्वर महतो,मौजिलाल साह कानु , लगायत कार्यपालिका सदस्य , गाउँपालिका सदस्य , स्वास्थ्य शाखा प्रमुख शम्भु साह,शनि कुमार साह, शिक्षा प्रमुख मुकेश चौरसिया,प्रसान्त कुमार गुप्ता ,लगाएतले अधिकृत चौधरी लाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

सो अवसरमा अधिकृत चौधरी ले भने मेरो पहिलो प्राथमिकता मा जनता हरुको काम रहेको छ।पहिला जनता हरु लाई मध्यनजर गरि छिटो र छरितो सेवा पुर्याउने उदेश्य का साथै अाफ्ना मातहत का कर्मचारी हरु लाई जनता हरु को काम काज मा कुनै कोताही नहोस छिटो र छरितो होस भन्ने प्रतिबद्धता व्यक्र गरे । जनताहरुको कामकाजको साथै विकास निर्माणलगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिधि र कर्मचारीको समन्वयमा र सहकार्य मा अगाडि बढ्ने बताए । परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी हरु को उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बिहिवार