२०८३ असार १९ गते शनिवार

तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते



आज तुलसीपुर ८ चमेखोला स्थित तुलसीपुरबाट पश्चिम जादै गरेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा ५ प १९३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ९ बस्ने २२ वर्षिय संगित चौधरी, सल्यान कालिमाटी गाउँपालिका ३ बस्ने ३३ वर्षिय हर्क बहादुर वली र पछाडी सवार उनका छोरा १० वर्षिय डिम्पल वली रहेका छन् ।

घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शनिवार