
दाङ । सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं बाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।
करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले जानकारी दिए । भीषण वर्षाका कारण भालुवाङ बाट हेलिकप्टर उड्न नसकेको हो ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते शुक्रवार