२०८२ बैशाख ४ गते शुक्रवार

पत्रकार शंकर भुसालले मानव सेवा आश्रममा नास्ता खुवाएर मनाए आफ्नो जन्मदिन



तुलसीपुर, २३ चैत । पत्रकार शंकर भुसालले मानव सेवा आश्रममा नास्ता खुवाएर आफ्नो जन्मदिन मनाउनुभएको छ । आज परेको आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुर-६ गाइडहरमा रहेको मानव सेवा आश्रममा ६० जनालाइ दिउसोको नास्ता खुवाएर जन्मदिन मनाएको उहाँले बताउनुभयो । तुलसीपुरबाट संचालित राप्ती सञ्चार अनलाइनका संचालकसमेत रहेका पत्रकार भुसालले जन्मदिन मनाउने नाममा हुने खर्चलाई सदुपयोग गरेर गरिब, दुखी, बेसाहराहरुलाइ नास्ता खुवाएको बताउनुभयो । अन्य व्यक्तिहरुले जन्मदिनको अवसरमा विभिन्न किसिमका होटेल तथा रेस्टुरेन्टहरुमा गएर अनावश्यक रुपमा खर्च गरेर मनाउने गरेपनी आफुले अलि फरक तरिकाले जन्मदिन मनाएको उहाँले बताउनुभयो । 

 बिगतदेखिनै गरिब दुखिहरुलाई सहयोग गर्दै आएको भन्दै उहाँले अब आउने दिनमा पनि यस्ता क्रियाकलापहरुलाइ निरन्तरता दिने बताउनुभयो । जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने उदेश्यले आफुले फरक तरिकाले जन्मदिन मनाएको उहाँले बताउनुभयो । सो कार्यक्रममा मानव सेवा आश्रमका पधादिकारी त्यहा बस्ने आश्रीत व्यक्तिलगाएतको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शनिवार