२०८२ साउन १ गते बिहिवार

तेस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी रोयल रानागाँउ (बि) जित्यो



दाङको तुलसीपुर–३ मा भएको तेस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी रोयल रानागाँउ (बि) ले जितेको छ । वडा नम्बर ३ को आयोजनामा माघ ३ गतेदेखी सुकिदह खेल मैदान रानागाउँमा भएको वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा प्रथम भएको रोयल रानागाउँ (बि) ले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो स्थान हासिल गरेको सुनौलो बिहानी युवा क्लबले २५ हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतिय हुने टाइगर युवा क्लबले १५ हजारसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

माघ ३ गतेदेखी सुरु भएको तेस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको आज लुम्बिनी प्रदेश खेलखुद विकास समितिका सदस्य सचिव तिरण गौतमको प्रमुख आथित्यतामा समापन गरिएको हो । सो अवसरमा बोल्दै सदस्य सचिव गौतमले वडा नम्बर ३ मा रहेको शुकिदह खेल मैदानलाई विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा खेल प्रतियोगिता उद्घाटनको क्रममा विभिन्न नाँचहरु प्रस्तुत गरेर सहयोग गर्ने आमा समुहहरुलाई सम्मान गरिएको थियो । तुलसीपुर–३ का वडाअध्यक्षको अध्यक्ष्यतामा भएको समापन कार्यक्रमको सहजीकरण वडासदस्य राजेन्द्र कुमार गुरुङले गर्नुभएको थियो

प्रकाशित मिति : २०८१ माघ ७ गते मङ्गलवार