यस त्रिदेव सेकेण्डरी इङलिश बाेर्डिङ स्कुलका (२०७१) पुर्व विद्यार्थीहरू तिलक वली, नविन पुन, रीमा शर्मा , हिमाल के.सी. , सुदन भण्डारी र राेसन वलीले विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई पढाइकाे साथसाथै अतिरिक्त कृयाकलापहरूमा अग्रसर राख्नु पर्ने र आफुले विद्यालयमा अध्ययन गर्दाकाे सम्झना र विद्यालय प्रतिकाे मायालाई सदैव आत्मसाथ गर्दै आफुहरू अहिले जुन स्थान र तप्कामा रहे पनि अहिलेकाे सफलता र स्थान पुग्नुमा विद्यालयकाे महत्वपुर्ण भुमिका रहेकाे भन्दै सम्झना स्वरूप विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुदका सामाग्रीहरू हस्तान्तरण गर्नु भएकाे थियाे। उक्त कार्यक्रममा विद्यालयकी नि. प्रधानाध्यापक पदमा शर्माले सहयाेगी विद्यार्थी तिलक वलीलाई सम्मान गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण विद्यालयका लेखापाल संन्दिप वलीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०८१ माघ ५ गते आइतवार








