२०८१ माघ २४ गते शुक्रवार

तुलसीपुर–३ को सुकिदह खेल मैदान रानागाउँमा वडाअध्यक्ष कप फुटबल प्रतियोगिता हुने 



तुलसीपुर–३ मा वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ संचालन हुने भएको छ । वडा नम्बर ३ को आयोजनामा माघ ३ गतेदेखी सुकिदह खेल मैदान रानागाउँमा वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ संचालन हुने खेल संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा वडा नम्बर ३ का सबै खेलाडिहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, द्वितिय हुनेलाई २५ हजार र तृतिय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । खेलमा सहभागी हुनका लागी वडा नम्बर ३ को बासिन्दा हुनुपर्ने छ भने टिम दर्ता गर्न आउदा खेलाडिहरुले अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र तथा बसाइसराइ गरी आएको हकमा बसाइसराइको प्रमाणपत्रसमेत पेश गर्नुपर्ने  छ । खेल फिफाको नियमानुसार खेलाइने, खेलाडीलाई खेल समयमा कुनै चोट पटक लागेमा प्राथमिक उपचार मात्र गरिने, खेलाडी समुहले खाना नास्ता वा खाजाको व्यबस्था स्वयम आफैले गर्नुपर्ने, खेलमा रेफ्रिको निर्णय अन्तिम निर्णय हुने र खेलमा कुनै बिवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने बताइएको छ । माघ २ गते बिहान १० बजेदेखी दिउँसो ४ बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने खेल तालिका (टाइसिट) सोहिदिन ५ बजे तान्नु पर्ने भएको छ । टिम दर्ता शुल्क १५ सय तोकिएको छ 

थप जानकारीको लागि 

कर्ण बहादुर बुढा ९८६२९०४५८९ 

राजेन्द्र गुरुङ ९८४७९४७८६३

तुलाराम के.सी.- ९८४७८३२४५४

प्रकाशित मिति : २०८१ पुष २८ गते सोमवार