२०८३ असार १९ गते शनिवार

मृतकका बुबा र छोराले सनाखत गरे तिर्सना घर्तिमगर रहेको प्रहरीले जनायो



बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । लु.प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट दिउँसो २ बजेतिर एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक जिल्ला दाङ तुलसिपुर ५ सम्झना टोल बस्ने बर्ष ३९ कि तिर्सना घर्तिमगर हो भनि निजको बुबा प्रेम बहादुर थापा र छोरा नबिन घर्तिमगर ले सनाखत गरेका छन ।

ठक्कर दिने बस त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको रहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ मृतकको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । 

प्रकाशित मिति : २०८१ पुष २३ गते बुधवार