२०८१ माघ १ गते बुधवार

प्याब्सन तुलसीपुरद्वारा मा. वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



तुलसीपुर २९, मंसिर 

विद्यार्थिहरूमा बौद्विक क्षमता र उत्प्रेरणाको विकासका लागि निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल तुलसीपुरकाे आयोजनामा तुलसीपुर उपमहानरपालिका वडा नं ७ श्रीगैमा अवस्थित त्रिदेव इङ्लिस बोर्डिङ स्कुलमा मा. वि. स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएकाे छ । कार्यक्रमको सुरुवात त्रिदेव इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तथा तुलसीपुर नगर प्याब्सन कार्यकारी समितिका सदस्य मनोज हमालको स्वागत मन्तव्यबाट  भएको थियो।

तुलसीपुर प्याब्सनका अध्यक्ष डम्बर डाँगीको अध्यक्षतामा तथा प्याब्सन लुम्बिनी प्रदेश सदस्य बासुदेव रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थीयो। साथै उक्त कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजयमान जि. एम. विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो भने प्याब्सन दाङका कोषाध्यक्ष टिम अधिकारी, प्याब्सन तुलसीपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गिरिराज डाँगी, प्याब्सन दाङका सदस्य विश्वमणि अधिकारी, त्रिदेव इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष तिलकराम खड्का तथा त्रिदेव इङ्लिस बोर्डिङ स्कुलकी भाइस-प्रिन्सिपल पदमा शर्मा अतिथिहरुको रूपमा रहनुभएको थियो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगिशरण गाउँपालिका गरी जम्मा उन्नाइस विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेकाेमा गाेर्खा मावि प्रथम, अमर मावि द्वितीय, हाम्रो पहुँच मावि तृतीय र शान्तिदिप इङ्लिस बोर्डिङ स्कुल सान्त्वना स्थान हाँसिल गरेका थिए । हाजिरी जवाफ प्रतियोगितामा प्रथम पुरस्कार रू. १५०० नगद र प्रमाण पत्र, द्वितिय रू. १००० नगद र प्रमाण पत्र, तृतीय रू. ७५० र प्रमाण पत्र, सान्त्वना हुनेलाई प्रमाण पत्रको मात्र व्यवस्था गरिएको थियो कार्यक्रमको सहजिकरण प्याब्सन तुलसीपुरका उपाध्यक्ष विष्णु योगीले गर्नुभएको थियो    

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शनिवार