अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ । नगरपालिकाले बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो । केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रिएको हो ।
झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले विरोध गरेकी थिइन । उनले टिकट काट्ने व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरेकी थिइन । उक्त पुलमा कर नउठाउन चेतावनी दिएर उनी हिँडेकी थिइन् ।
नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ ।
प्रकाशित मिति : २०८१ असोज ८ गते बुधवार