
साउन ३१
मलाई याद छ बा मैले बाल्यकालमा हजुर सँगै लड्दै पड्दै माटो ढुंगा लाई साथि बनाएर गोठालो गएर हुर्केको याद छ।मैले तपाई आमालाई धेरै सताएको थिए । मैले हजुरहरुले भनेको फिटिकै मान्दैनथे। स्कुल जाँदा हरेक साथभाईको हातमा पैसा हुन्थ्यो तर मेरो हातमा आमा ले हालेको मकै रोटि हुनथ्यो तर पनि म धेरै खुशि हुन्थे ।म पैसाको लागि धेरै झगडा गर्थे बा हजुर सँग मलाई केथा गरिब बाबुुको पीडा हजुर सँग पैसाको अभाव थियो भनेर ।यसरी जसोतसो मैले बाल्यकाल हुर्के सँगै slc पास पनि गरे ।म थोरै बुझ्ने भए छु । बा मलाई डाक्टर बन्ने पढ्ने ठुलो सपना थियो तर हाम्रो स्थित हेरेर मेरो ईच्छा विपरीत म आफै शिक्षा बिषय लियर पढ्ने निधो गरे ।समय वित्दै गयो मैले स्नातक पनि पास गरे।गाउँ घरमा जग्गाको मुल्य पनि बढ्दै गएको थियो र अमेरिका जाने रहर पनि चलेको थियो ।मैले रोजगारी का लागि धेरै प्रयास गरे तर घुस पावर विना जागिर खान धेरै गार्हो हाम्रो देसमा म बा जिम्मेवारी काँध आफ्नो काँध आफ्नो काँधमा राख्न चाहान्थे ।तर के गर्ने म बेरोजगारी छोरा म सँग कुनै उपाय थियन।बा ले यहि कृषि गरेर खान पनि सकिन्छ ।मैले तिमिहरु लाई कृषि गरेरै पढाइ ठुलो बनाए ।स्नातक पढेको ठुलो मान्छे म बुबाको कुरा कहाँ मान्थे।साथभाईको लह लहैलहैमा म अन्तयमा बाजे बा ले जोगाई राखेको खेतबारी बेचेर थोरै साहु सँग ऋण काडेर सपनाको देश अमेरिका हिड्ने निधो गरे। २०७१ बैशाख १गते मेरो अमेरिकाकाे यात्रा सुरु भयो । म बाटोमा हिड्दै गर्दा म बार्जिल पुगेको थिए । बुवा धेरै विरामी हुनु भयो ।सायद छोरा को चिन्ता ले होला आमा भन्नुहुन्थ्यो तेरो बा धेरै विरामि हुनुहुन्छ ओेैषधी किन्ने उपचार गर्ने पैसा छैन। न मैले बुबालाई उपचार गर्न सके ऋण काडेर उपचार गर्नुहोस् आमा म एक महिनामा अमेरिका पुग्छु अनि पैसा पठाई दिन्छु।समयको खेल दलालले मलाई एक बर्ष सम्म अमेरिका पुर्याउन पठाउन सकेन । झण्डै १बर्ष ३ महिना पछि दुख सँग लड्दै हामी अमेरिकाको जेलमा पुग्यौं ।झन्डै एक महिना पछि म जेल बाट निस्किए नेपाली २० लाख अमेरिका सरकारलाई बुझाउने सर्तमा । मलाई पुरानो साथिहरु ले धेरै सहयोग गरे ।म निस्कन साथमा घरमा आमा लाई फाेन गरे तर लागेन।झण्डै ३घन्टा पछि साथी भेट्न आयो ।अनि मैले भने खै फोन लेत म कल गर्छु।साथिले मलिन अनुहार लाउदै भन्यो सुन एउटा दुखको कुरा छ।मेरो मनमा चिसो भयो कतै वुवा मनमा भित्र भित्रै अनौठो आँधी चल्यो ।र साथिले अंकल त जेलमा हुदाँ वित्नु भयो । म छाङा बाट खसे जस्तो भए ।म धेरै रोए तर म रोएको सुन्ने केवल मेरो साथि मात्र थियो । मेरो चिन्ता र आर्थिक अभावका कारणले बा को मृत्युु भयो ।सायद म अमेरिका नहिडेको भय मेरा बा अहिले पनि तेहि गैरि खेतमा खेत जोत्दै आलि काटिरहेका हुन्थे।सबैलाई अमेरिका सपनाको देस हुदोरैनछ बा।बा म धेरै पछुताएको छु। मलाई धेरै आत्मगलानी लागिएको छ।मैले जिन्दगीमा सबैभन्दा ठुलो गल्ती हजुरले भनेको मानेन बा।मैले अब महिनाको लाखौं कमाउछु तर पनि त्यो पैसा र धनमा खुशि छैन बा।पैसाको अभाव मा नजिक भएको छोरा आज धेरै पैसा कमाउने भए पछि धेरै टाढा भए छ बा।मलाई माफ गरिदिनु बा हजुर स्नेह सम्झना भन्दा ठुलो कुरा पैसा धन सम्पत्ति रैनछ।न आज म सँग त्यो बाजेको गैरी खेत छ न हजुर हुनुहुन्छ ।मलाई हजुरको यादले हरेक दिन झस्काउछ ।अब देखि जे जुस्तो परिस्थिति आए पनि हजुरको छोरा गरिब होला तर कहिल्यै गलत हुने छैन।ऋण फिर्ता फत्ते सँगै हजुरको छोरा आफ्नै देश गाउँ फर्कने छ बा।हजुर सँधै मेरो मन दिमाग हरेक पलपलमा हुनुहुन्छ धेरै धेरै सम्झना र माया छ बा केही बर्ष पछि हजुर भएकै ठाउँमा हजुर आज्ञाकारी छोरा भएर आउने छु। बस केही बर्ष प्रतीक्षा गर्नुहोला ।
उहीँ तिम्रो ,,,,,छोरा।
यो कसैको जिन्दगीमा सँग मेल खाएमा संयोग मात्र हुनेछ
श्रीधर साहु(अन्तिम )
तुलसीपुर ८ अश्वारा।