२०८१ माघ २४ गते शुक्रवार

दाङको तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता



असार १९।

दाङको तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी वेपत्ता उहाँको खोजी कार्य भइरहेको छ ।।

बताएको छ

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार