२०८२ बैशाख २९ गते मङ्गलवार

दाङमा चट्याङले लागेर एक महिलाको मृत्यु



दाङमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरीयाका ३९ वर्षीया भुमिसरा बुढामगर रहेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार