२०८२ असार २८ गते आइतवार

न्यायिक समिति समन्वय सञ्जाल रोल्पाको तेस्रो घुम्ती बैठक सम्पन्न




रोल्पा न्यायिक समिति समन्वय सञ्जाल रोल्पाको बैठक त्रिवेणी गाउँपालिकाको बहुउद्देश्यीय सभाहल जुगारमा सम्पन्न भएको छ। न्यायिक समिति समन्वय सञ्जाल रोल्पाको तेस्रो घुम्ती बैठक जेठ २७ गते त्रिवेणी गाउँपालिकाको जुगारमा सम्पन्न भएको हो ।


त्रिवेणी गाउँपालिका रोल्पाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लेखमणी डाँगीको अध्यक्षतामा भएको बैठकमा न्यायिक समितिद्वारा गरिएको रिपोर्टको टिप्पोट गरी सञ्जालको अध्यक्षका तर्फबाट कार्य सम्पादन तथा सहजिकरण गर्ने निर्णय गरेको छ , त्यस्तै बैठकले न्यायिक समितिलाई सहजिकरण गर्ने, आवश्यक परामर्श दिने निर्णय गरेको छ, भने आगामी न्यायिक समिति जिल्ला समन्वय सञ्जालको चौथो घुम्ती बैठक गंगादेव गाउँपालिकामा भाद्र महिनामा गर्ने निर्णय गरेको छ ।


रोल्पाको १० वटै पालिकाको न्यायिक समितिको कार्यसम्पादन लाई सहज बनाउन एक अर्काले गरेको काम र न्याय सम्पादनको विषयमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले रोल्पा जिल्लामा न्यायिक समिति समन्वय सञ्जालको गठन गरिएको हो । न्यायिक समिति जिल्ला समन्वय सञ्जालको तीन तीन महिनामा १० वटै पालिकामा घुम्ती बैठक सञ्चालन गर्दै आएको छ । घुम्ती बैठक सञ्चालन गर्दा एक अर्काको अनुभव आदान प्रदानले सिकाई हुने र न्याय सम्पादनलाई थप मजबुत बनाउन सकिने उपप्रमुख , उपाध्यक्षहरुको भनाई रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार