विनोद मण्डल, जेठ १९ । नेपाल पत्रकार महासंघ पछिम नवलपरासी शाखा अध्यक्ष हरि शर्मालाई मातृ शोक परेको छ ।
विक्रम सम्वत २००७ साल माघ १० गते जन्मिनु भएकी शर्माको ममतामयी आमा मंगलादेबी भण्डारी शर्माको उपचारको क्रममा पोखरामा ७४ वर्षको उमेरमा २०८१ जेठ १८ गते निधन भएको हो ।
असामयिक निधनले यतिबेला शर्मा परिवार शोकाकुल अवस्थामा रहेको छ भने जातिय संस्कार अनुसार अन्त्येष्टि गरिएको बुझिएको छ ।
अन्तिम श्रदान्जली अर्पण गर्नका लागि गृह जिल्ला र नवलपरासीका वरिष्ट व्यक्तित्वहरू सहभागी हुनु भएको हो ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका अध्यक्ष एवं परासीपत्रका प्रधान सम्पादक समेत रहेका शर्माको ममतामयी माता मंगलादेवि भण्डारी शर्माको असामयिक निधनले आम पत्रकार, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, आफन्तजन, शुभचिन्तक लगायत सबैलाई मर्माहत बनाएको छ ।
जिल्लाका बौद्धिक ,क्षमतावान र वरिष्ट पत्रकारको रूपमा परिचित शर्मा परिवारमा भएको अतुलनिय क्षतिको असामयिक निधनको खबरले आम जिल्लाबासीलाई स्तब्ध बनाएको छ ।
शोकको यस घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न शर्माको माताको तस्बिर राखेर अन्तिम श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा भगवानसंग शक्ति प्राप्तिको लागि सामाजिक सञ्जालमार्फत प्रार्थना गरिँदै छ ।