२०८१ माघ १ गते बुधवार

सुर्खेतमा बिहानै जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु….



सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार